काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् । घरेलु टोली नेपालले आफ्नो पहिलो खेल साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्ना ले घरेलु दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन् । भारतकी कप्तान नन्दना ले उपाधि रक्षा लक्ष्य रहेको बताएकी छन् । नेपालमा महिला भलिबलप्रति बढ्दो दर्शक आकर्षणका बीच यसपटकको प्रतियोगितालाई नेपाली टोलीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।





प्रतिक्रिया दिनुहोस्