Skip to content

अमेरिकामाथि नेपालको शानदार जीत

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो । यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो । उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्