Skip to content

मुक्त कमैयाको बस्तीमा डोजर चलाए आन्दोलन हुने शान्ता चौधरीको चेतावनी

काठमाडौं – नेकपा एमालेकी नेतृ शान्ता चौधरीले दाङको लमही नगरपालिका–३ टिक्लिगढस्थित मुक्त कमैयाको बस्तीमा बिना विकल्प डोजर चलाइए आन्दोलन चर्किने चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गरिब, मुक्त कमैया, सुकुम्बासी र श्रमिकमाथिको अन्याय अब सह्य नहुने बताएकी हुन् ।

उनले दाङको टिक्लिगढस्थित मुक्त कमैयाको बस्तीमा सूचना टाँसिएको खबर आफूले सुनेको उल्लेख गर्दै बिना विकल्प एकजना पनि कमैया उठीबास भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिइन् । “गरिबको छानो भत्काएर विकास हुँदैन, अधिकार कुल्चेर समृद्धि आउँदैन,” उनले भनेकी छन् । चौधरीले अन्याय नरोकिए यही पीडा र आक्रोश सामन्ती सोचविरुद्ध ठूलो प्रतिरोधको सुरुवात बन्न सक्ने पनि चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्