Skip to content

गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु

कैलाली –  कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ ।

शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई बगाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो भने साउँदको शव वनदेवी मन्दिर नजिक फेला परेको हो । प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको जानकारी प्रहरीलाई दिएका थिए । सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्