Skip to content

ट्रम्पको घोषणा– आजबाट इरानसँगको युद्ध सकियो, इरानले कहिल्यै परमाणु हतियार बनाउँदैन

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गरेको घोषणा गरेका छन् । उनले एक भर्चुअल र्‍यालीमा आफ्ना समर्थकसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । ट्रम्पले अब इरानले कहिल्यै परमाणु बम नबनाउनेसमेत दाबी गरेका छन् । इरानले भने ट्रम्पको दाबी खारेज गरिदिएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले शान्ति सम्झौताबारे अहिले पनि कुनै निर्णय भइनसकेको जनाएका छन् ।

यसअघि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीमा इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले यो सम्झौतालाई स्वीकार गरेको दाबी गरेका थिए । उनले योसँगै इरानसँग शान्ति सम्झौताबारे यही साता हस्ताक्षर हुन सक्नेसमेत दाबी गरेका छन् । यदि सबै कुरा ठीक भएमा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भेन्स यसमा सामेल हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्