कञ्चनपुर – दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार नौगाड गाउँपालिका–१ थाङलिङकी ८० वर्षीया सौली ठेकरेको भिरबाट लडेर मृत्यु भएको हो । थाङलिङबाट सल्लागाउँ जाने क्रममा उनी भिरबाट करिब २ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्