काठमाडौं – अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अष्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिना राउन्ड अफ ३२ मा पुगेको हो । अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान लियोनल मेसीले गरे। उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उक्त गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए । मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याए । यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन् ।
३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए । मेसी यति मै रोकिएनन् । खेल सकिनै लाग्दा इन्जुरी समयमा मेसीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए । योसँगै विश्वकपमा उनको गोल संख्या १८ पुग्यो । समूह जे अन्तर्गत अर्जेन्टिनाको दुई खेलबाट ६ अंक छ भने अष्ट्रिया ३ अंकका साथ दोस्रो स्थानमा छ। जोर्डन र अल्जेरिया अंकबिहीन छन् ।




प्रतिक्रिया दिनुहोस्