काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले राजकाज थालेको दिनमा ३० खर्ब रुपैयाँको ऋणको बिल बुझाइएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सो कुरा बताएका हुन् ।
‘डेट (ऋण) भनेको स्टक हो । यो थुप्रिँदै आएको हो । लिँदै जान्छौँ, तिर्दै जान्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार चैत १३ गते बन्यो । हामीलाई यो देशको राजकाज अघि बढाउनका लागि जुन वैधता प्राप्त भयो र सँगसँगै ३० खर्बको बिल पनि बुझाइएको थियो,’ उनले भने, ‘ऋणको भारी यो पनि तिमीले तिर है भनेर हामीलाई बुझाइयाथ्यो । त्यो बेकेर नै हामी अगाडि बढी राख्या थियौँ ।’
१० वर्षको अवधिमा विदेशी ऋणको अनुपात २५ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुर्याइएको मन्त्री वाग्लेले बताए । ‘२५ प्रतिशतको डेट भारलाई ४३ प्रतिशत पुर्याउन त्यतिबेला को सरकारमा थियो, को प्रधानमन्त्री थियो यो त छर्लङ्गै छ । यति छोटो समयमा ऋणको भार ४३ प्रतिशत पुर्याइएको रेकर्डको पनि छुट्टै प्राज्ञिक अनुसन्धान हुनुपर्ला,’ उनल भने, ‘हामीले त झण्डै सात खर्ब ऋण थोपरेर पनि त्यो डेट टु जीडीपी रेसिओ बढाउनेवाला छैनौँ, स्थिर राख्छौँ । किनकि हाम्रो ध्यान आन्तरिक राजस्वतिर सोझिएको छ ।’



प्रतिक्रिया दिनुहोस्