काठमाडौँ – फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा पुगेको छ । आइतबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल पराजित गरेर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो । खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को आयोजक क्यानडालाई पराजित गरेर क्वार्टरफाइनलमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्