काठमाडौँ – पोर्चुगल फिफा विश्वकप २०२६ को प्रतिस्पर्धाबाट बाहिरिएको छ । मंगलबार बिहान अमेरिकाको डलास रंगशालामा भएको अन्तिम १६ को खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएर पोर्चुगल प्रतिस्पर्धाबाट बाहिरिएको हो । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलको ९० मिनेटसम्म कुनै पनि गोल भएको थिएन । यद्यपि, इन्जुरी समयको पहिलो मिनेटमा नै स्पेनका मिकेल मेरिनो गोल गरे । मेरिनोले गरेको उक्त गोल नै निर्णायक बन्यो ।
विजेता बनेको स्पेन क्वार्टरफाइनलमा पुगेको छ । उसले अब आजै हुने अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलको हारसँगै कप्तान क्रिस्टियानो रोनाल्डोका फ्यान दु:ख भएका छन् । रोनाल्डोका लागि यो सम्भवत: अन्तिम विश्वकप हो ।



प्रतिक्रिया दिनुहोस्