काठमाडौँ – साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलमार्फत इजिप्टले सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि पहिलो हाफमा कुनै पनि गोल भएन । भने, ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गरेपछि इजिप्टले अग्रता दोब्बर गरेको थियो ।
तर, अन्तिम समयमा आएर जर्जेन्टिनाले उत्कष्ट प्रदर्शन गर्यो । जसमा ७९औँ मिनेटमा क्रिस्चियन रोमेरोले पहिलो गोल गरे भने त्यसको ९० मिनेटपछि कप्तान लियोनल मेस्सीले दोस्रो गोल गरे । बराबरीमा पुगेको खेलको इन्जुरी समयमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्णायक गोल गरे । अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्