काठमाडौं — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी भरिएपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू समस्यामा परेका छन् । लगातारको वर्षापछि होल्डिङ सेन्टरका कोठाहरूमा घुँडाभन्दा माथिसम्म पानी जम्दा उनीहरूका लत्ताकपडा, खाद्यान्नलगायत दैनिक प्रयोगका सामान डुबेका छन्। पानी बढेकाले सामान सुरक्षित स्थानमा सार्नसमेत नसकिएको पीडितहरूको भनाइ छ ।
डुबानका कारण साना बालबालिका, वृद्धवृद्धा तथा अन्य आश्रितहरू उच्च जोखिममा रहेको उनीहरूले बताएका छन्। प्रभावितहरूले तत्काल उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । पीडितहरूका अनुसार बाढी र डुबानको जोखिम बढ्दासमेत घटनास्थलमा हालसम्म उद्धार टोली वा स्थानीय प्रशासन नपुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले ढिलाइ नगरी उद्धार कार्य सुरु गर्न सम्बन्धित निकायलाई अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्