Skip to content

स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

काठमाडौं — फिफा विश्वकप २०२६ को दोस्रो क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । लस एन्जलस स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि फाबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। बेल्जियमका चार्ल्स डी केटेलारेले टोलीका लागि एकमात्र गोल फर्काए ।

स्पेनले खेलको ३०औँ मिनेटमा फाबियन रुइजको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफ सकिनुअघि ४१औँ मिनेटमा चार्ल्स डी केटेलारेले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए र पहिलो हाफ १–१ को बराबरीमा सकियो । निर्णायक बनेको दोस्रो हाफको ८८औँ मिनेटमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । यस जितसँगै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ। अब उपाधि यात्रालाई निरन्तरता दिन स्पेनले सेमिफाइनलमा साविक उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल डलास स्टेडियममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्