Skip to content

नर्वेलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा

काठमाडौँ — इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्घमले गोल फर्काउँदै इङ्ग्ल्यान्डलाई १–१ को बराबरीमा पुर्‍याए  । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समय सुरु भएको केहीबेरमै बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ग्ल्यान्ड विजयी हुँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । अब इङ्ग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्