Skip to content

निरन्तर वर्षाका कारण लेदो र ढुङ्गा झरेपछि मुग्लिन–नारायणगढ सडक ठप्प

चितवन – निरन्तर वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि दुईतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुईन खोलामा ढुङ्गा झरिरहेको तथा सेती दोभान क्षेत्रमा माथिबाट लेदो आएपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।

साँझ ७ः४० बजेसम्म मर्मतका लागि डोजरसहितको मेसिन घटनास्थलमा पुगिसकेको भए पनि लगातारको भारी वर्षाका कारण पहिरो र लेदो हटाउने काममा समस्या भइरहेको सडक डिभिजनले जनाएको छ। सडक अवरुद्ध भएपछि रोकिएका सवारीसाधनलाई सुरक्षित स्थानमा राख्न र अनावश्यक जोखिम नलिन सडक डिभिजनले आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकाले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी सूचनाको पालना गर्न पनि सडक डिभिजनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्