काठमाडौं – शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता पार्टीले जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना सुरु गरेका थिए । उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो।
लोकसभाका प्रतिपक्ष नेता गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको छ । यसअघि प्रधानमन्त्री निवास नजिक धर्नामा बसेका राहुल गान्धी तथा अन्य कांग्रेस नेताहरूलाई भेट्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह पुगेका थिए। भेटपछि उनले एक्समा यस विषयमा लामो पोस्ट लेखेका छन् । जितेन्द्र सिंहले लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले वाचा गरेर आफ्नो भनाइबाट पछि हटेको दाबी गरेका छन् ।
कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निवासबाट बाहिर आएर जवाफ दिनुपर्ने पनि बताएको थियो । लोक कल्याण मार्गमा रहेको प्रदर्शनस्थलमा तनावपूर्ण अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्