Skip to content

सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मङ्गलवार साँझबाट दोहोरो झडप भइरहेको छ । प्रहरीका अनुसार दुई समुदायबीच साँझ ७ बजेबाट झडप सुरु भएको हो । रातको समयमा दुई पक्षबीच लगातार भइरहेको झडप नियन्त्रणमा आउन सकेको छैन । दुवै पक्ष घरेलु हतियार सहित छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी बताए । ‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्