काठमाडौँ – प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बैंकिङ कसुर मुद्दामा बुधबार पक्राउ गरेको हो । सीआईबीले पन्तलाई बुधबार नै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको थियो । अदालतले २ दिनको म्याद थप मिलान गरेको छ ।
यही प्रकरणमा यसअघि पक्राउ परेका शशिधर शर्मा पौडेलको म्याद थपमा पन्तको मिलान भएको सीआईबीले जनाएको छ । कर्जा प्रवाहमा अनियमितता भएको विषयमा उनीहरू पक्राउ परेका हुन् । रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा उनीमाथि अनुसन्धान हुने भएको छ । यसअघि पक्राउ परेका शशिधर शर्मा पौडेल उक्त कम्पनीका अध्यक्ष हुन् । प्रभु बैंकले सो कम्पनीलाई ४८ करोड रूपैयाँ कर्जा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्