Skip to content

१५ औं महाधिवेशन तयारीका लागि कांग्रेस देउवा समूहको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बस्दै छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको आयोजनामा बुधबार बैठक बस्न लागेको हो ।

बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ । बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्