Skip to content

हरियो सेनाबारे तत्काल छानबिन गर्न सांसद भण्डारीको माग

काठमाडौँ – प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीले हरियो सेना भनिएको विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद भण्डारीले यस्तो माग गरेका हुन् । सांसद भण्डारीले पछिल्लो समय चर्चामा आएको हरियो सेनाको वास्तविक पहिचान र उद्देश्यका बारेमा प्रश्न उठाएका छन् । उनले भने- ‘अहिले चर्चामा रहेको हरियो सेना भनेको के हो ? यसबारे अविलम्ब छानबिन गर्न म सरकारसँग माग गर्दछु।’

मुलुकको सुरक्षा र व्यवस्थासँग जोडिन सक्ने यस्ता विषयमा अन्योल सिर्जना हुनु नहुने भन्दै उनले सरकारले यसबारे स्पष्ट पारेर नागरिकलाई सुसूचित गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्