Skip to content

रिपब्लिकन पार्टीलाई चुनाव जिताए प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको रिपब्लिकन पार्टीलाई आगामी संसदीय निर्वाचनमा जिताए प्रत्येक अमेरिकीलाई पाँच हजार डलर दिने घोषणा गरेका छन् । संसदीय निर्वाचनका लगि सो पार्टीको अधिवेशनमा बुधबार मुख्य सम्बोधन (किनोट स्पिच) दिंदै उनले त्यस्तो घोषणा गरेका हुन् । हाल अमेरिकी संसदको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ। नोभेम्बर महिनाको शुरूमा तल्लो सदन प्रतिनिधि सभाका सबै सिट र माथिल्लो सदन सिनेटका करीब एक तिहाइ सिटका लागि निर्वाचन हुँदैछ । सो निर्वाचन पछि पनि संसदमा उनको पार्टीको नियन्त्रण रहे प्रत्येक वयस्क अमेरिकीलाई पाँच हजार डलरको “लाभांश” दिने उनले बताएका हुन्। सो लाभांशको भुक्तानी कसरी गरिनेछ वा यसले कसरी काम गर्नेछ भन्ने बारेमा विस्तृत विवरण भने उनले नदिएको द वाल स्ट्रिट जर्नलले जनाएकोको छ । ट्रम्पले दोस्रो कार्यकालमा लगभग सबै देशसँग शुरू गरेको व्यापार युद्ध र छ महिना अघि लहडका भरमा इरानसँग शुरू गरेको युद्ध लगायत कारणले अहिले अमेरिकामा महंगी धेरै बढेको छ। सो कारणले जनता उनीसँग त्यसै पनि रिसाएका बेलामा उनले कतिपय संसदीय क्षेत्रमा आफ्ना अतिवादी समर्थकलाई टिकट दिलाएकाले विपक्षी डेमोक्र्याटिक पार्टीले जित्न सक्ने अपेक्षा गरिएको छ। यस्तोमा ट्रम्पले आफ्नो पार्टीलाई जिताए पाँच हजार डलर दिने भनेर मतदातालाई लोभ देखाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्