Skip to content

सभापतिमा गगन रहेनन् निर्विकल्प, भिड्दैछन् किशोरसिंह राठौर

काठमाडौँ – नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै पार्टी मिलाउन सक्ने पनि बताए ।

१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । उनले जेनजी आन्दोलन, विशेष महाधिवेशन र कांग्रेसले चुनाव हारेपछि आफू दु:खी भएर जिल्लामै बस्दै आएकोसमेत बताएका थिए । राठौर नेविसंघ अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका नेता हुन् । उनले विशेष महाधिवेशन पक्षधरहरूले आफूलाई सहजै स्वीकार्ने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्