Skip to content

कांग्रेस १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिका चलाउनेको मनोनयन

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ अम्बिका चलाउनेले पार्टीको १५औँ महाधिवेशनमा सुदूरपश्चिमको भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी छन् । चलाउनेले सामाजिक सञ्जालमार्फत आफूले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएको जानकारी दिँदै महाधिवेशन प्रतिनिधिहरूसँग मत, माया र साथका लागि अपिल गरेकी छन् । उनले सुदूरपश्चिमको भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्यका रूपमा आफूलाई अघि सारेको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको साथ र सहयोगको अपेक्षा गरेकी छन् । चलाउनेले लेखेकी छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमको भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्य मनोनयन गरेको छु। तपाईंहरूको माया, साथ र मतका लागि हार्दिक अपिल गर्दछु ।’

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी चलाउने कांग्रेसको विभिन्न तहमा सक्रिय रहँदै आएकी छन्। उनी १२औँदेखि १४औँ महाधिवेशनसम्म अछाम क्षेत्र नम्बर २ बाट लगातार सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्