काठमाडौं – सोमबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा पाकिस्तान खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी)ले केही खेलाडीलाई नो अब्जेक्सन लेटर(एनओसी) नदिएको र केहीको होल्डमा राखेको क्रिकइन्फो जनाएको छ।
यसअघि एनओसी पाइसकेका खेलाडीसमेत फेरि होल्डमा राखिएको छ । केही पाकिस्तानी खेलाडी एनपिएल खेल्न नेपाल आइसकेका छन् । एनओसीबापत पिसिबीले प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर माग गरेको बताइएको छ। यद्यपि, यस विषयमा कोही पनि बोलेका छैनन्। एनपिएलमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित सात खेलाडी अनुबन्धित भइसकेका छन्। फरहानलगायत केही नेपाल आइसकेका छन्। तैपनि उनीहरूलाई खेल्न पिसिबीले अझै अनुमति दिइसकेको छैन। एनपिएलमा हैदर अली, हुनैन शाह, हुेन तलात, इफ्तिकर अहमद, हसन अली र उसमान मिर विभिन्न टिममा अनुबन्धित भएका छन्।


प्रतिक्रिया दिनुहोस्