Skip to content

अरिंगालको टोकाइबाट दार्चुलामा एक पुरुषको मृत्यु

दार्चुला – दार्चुलामा अरिंगालको टोकाइबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी निवासी अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालको टोकाइबाट घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको हो । अरिंगालले टोकेपछि घाइते भएका जोशीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । अस्पतालमा उपचार भइरहेका बेला उनको मृत्यु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्