Skip to content

चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स विजयी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूवात गरेको छ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित निकालेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो। १४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्‍यो।

प्रतिक्रिया दिनुहोस्