Skip to content

गृहमन्त्री अर्याल र जेन-जी रुपन्देही नेपालका युवाहरुबीच भेट

रुपन्देही – गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेन ज़ी नेपाल समुहका केहि युवाहरुलाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझेका छन् । भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सबैले पालन गर्दै राज्यलाई सघाई सुरक्षा निकायले गरेको निष्पक्ष छानविन गर्न सबैले सघाउनु पर्ने बताए । भेटमा जेनज़ी युवाहरुलाई भदौ २४ गतेको घटना र २३ गतेको घटना फरक कोणबाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानविन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेको समेत नवपुस्ता लाई जानकारी दिए । भेटमा उनीहरुले आफ्ना साथीहरु अझै कोहि घर बाहिर निस्केर हिड्न नसकेको जानकारी गराउँदै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरे । जेन–ज़ी रुपन्देही नेपालको तर्फ बाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याल लाई ज्ञापन पत्र बुझाएका थिए ।  सोही क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पनि प्रहरी प्रसाशनले सदैव कानूनलाई सघाउनेलाई पनि कानूनले नै सघाउने गरी दोषी नदेखिएकालाई निर्दोष करार गर्न सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्