काठमाडौं – सुदूरपश्चिमको धनगढीमा आयोजित ‘एकता सन्देश सभा’मा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन्। रावलले आफूले विगतमै चेतावनी दिएअनुसार “मिसन ०८४ होइन, पतन ०८४ आउँछ” भन्ने अवस्था अहिले बनेको दाबी गरे। ओलीले जेनजी आन्दोलनका क्रममा जलेका संरचनाको खरानी प्रयोग गर्दै जनतालाई डर देखाउने प्रयास गरेको आरोप उनले सार्वजनिक रूपमा दोहोर्याए।
रावलका अनुसार अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधीनताको झण्डा बोकेर अघि बढ्ने छनक देखिन थालेको छ। उन्होंने नेपाली कम्युनिस्ट पार्टी आगामी निर्वाचनमा ताजा जनादेश लिन पूर्णतः तयार रहेको बताउँदै विगतका त्रुटि नदोहोऱ्याइने स्पष्ट सन्देश दिए।
सभा मार्फत सुदूरपश्चिममा पार्टीप्रतिको समर्थन बढेको दाबी गर्दै रावलले भने, “सुदूरपश्चिमले नै ‘नेकपा एक नम्बरमा आयो’ भन्ने संकेत दिएको छ। आगामी चुनावमा सबै जाति, भाषा र धर्मसमूह एक ढिक्का भएर हाम्रो पक्षमा उभिनेछन्।”

प्रतिक्रिया दिनुहोस्