सोलुखुम्बु — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सोलुखुम्बुले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ । सदरमुकाम सल्लेरीमा तीन दिनसम्म बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ गीता गुरुङ सहित ८ जनाको नाम सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गरेको हो । जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाका अनुसार बैठकले जिल्लाबाट केन्द्रमा नेतृत्व गरिरहेका दुई केन्द्रीय सदस्य बलबहादुर केसी र आङ्गेलु शेर्पालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै सिफारिस गरेको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा बलबहादुर केसी, आङ्गेलु शेर्पा, विनोद बस्नेत, प्रकाशसिंह कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रीन र रीना उप्रेती (महिला कोटा) रहेका छन् । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिण्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एकाकुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाँल र दुर्गाप्रसाद दर्जीलाई सिफारिस गरिएको छ । यसैगरी जिल्ला कार्यसमितिको बैठकले राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपाली (दलिततर्फ) को नाम पनि सिफारिस गरेको छ ।
पार्टीभित्र उम्मेदवारीका लागि धेरै आकांक्षी देखिएकाले केन्द्रको परिपत्रअनुसार कुनै छाँटकाँट नगरी सबैको नाम सिफारिस गरिएको जिल्ला सभापति शेर्पाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्