Skip to content

काठमाडौँ ९ बाट खुश्बु ओलीको नाम पहिलो नम्बरमा सिफारिस

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट पहिलो नम्बरमा सिफारिस भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ ९ बाट उनको नाम पहिलो नम्बरमा सिफारिस भएको हो । नागार्जुन नगरपालिका ६ मा बस्दै आएकी छन् । राजनीतिसँगै ओली सामाजिक कार्यमा सक्रिय छिन् । प्रत्यक्षतर्फ ओलीसँगै ९ बाट ५ जनाको नाम सिफारिस भएको छ । जसमा इन्दिरा मिश्र, दिलिप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ । यस्तै समानुपातिकतर्फ जित बहादुर लामा, नवराज कार्की, जयराम खात्री, कृष्ण बहादुर बज्राचार्य, आनन्द प्रकाश श्रेष्ठलगायतको नाम सिफासिर भएको छ ।

प्रतिक्रिया दिनुहोस्