Skip to content

राष्ट्रियसभा निर्वाचन तालमेलबारे कांग्रेस–एमाले छलफल तीव्र, खड्का र नेता लेखक गुण्डु पुगे

काठमाडौँ – राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलका विषयमा छलफल गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका छन् । उनीहरू सोमबार बिहान पनि ओलीसँग भेटवार्ता गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयबाट बाहिरिँदा नेता लेखकले आज साँझ पुनः ओलीसँग भेट हुने बताएका थिए। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १८ सिटका लागि मतदान हुँदै छ । यसमा कांग्रेसले ८ सिट दाबी गरेको कार्यवाहक सभापति खड्काले पार्टी बैठकमा ब्रिफिङ गरेका थिए । पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउने विषयमा कांग्रेस, एमाले र नेकपाका दोस्रो तहका नेताबीच निरन्तर छलफल भइरहेको छ। यही तालमेलकै सन्दर्भमा कांग्रेसले आज राष्ट्रियसभाका उम्मेदवार टुंग्याउन कार्यसम्पादन समिति बैठक बोलाएको थियो । तर, अन्य दलसँग तालमेल प्रयास जारी रहेको भन्दै बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले, नेकपा र मधेसवादी दलहरूबीच तालमेलका प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्