काठमाडौं – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ । आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए । उनले जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए । अन्य पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार भन्दा कांग्रेसले अघि सारेको योग्य रहेको जिकिर गरे ।





प्रतिक्रिया दिनुहोस्