लेकम – नेपाली कांग्रेस लेकम गाउँपालिका कार्यसमितिको आयोजनामा यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गरिने भएको छ । पार्टीले लेकम गाउँपालिकाबाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि तथा सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा ‘क’ अन्तर्गत यस गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य, नेपाली कांग्रेस गाउँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य, वडा कार्यसमितिका सम्पूर्ण पदाधिकारी, क्रियाशील सदस्य तथा सम्पूर्ण शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ । नेपाली कांग्रेस लेकम गाउँपालिका कार्यसमितिका अनुसार कार्यक्रमअन्तर्गत वडा–वडा स्तरमा भेटघाट, छलफल तथा संगठन सुदृढीकरणका गतिविधि सञ्चालन गरिनेछ। साथै, सोही दिन वडा सम्पर्क कार्यालयको उद्घाटन समेत गरिने जानकारी दिइएको छ ।
कार्यक्रमको विस्तृत तालिका अनुसार
- २०८२/११/०६ गते लेकम–०३ लाली
- २०८२/११/०७ गते लेकम–०४ खरकडा
- २०८२/११/०८ गते लेकम–०२ कुणी
- २०८२/११/०९ गते लेकम–०१ सर्मोली
- २०८२/११/१० गते लेकम–०६ उचकोट
- २०८२/११/११ गते लेकम–०५ रिठाचैपता र २०८२/११/१२ गते लेकम गाउँपालिकाको केन्द्र रातामाटामा भेटघाट कार्यक्रम तथा सम्पर्क कार्यालय उद्घाटन गरिनेछ । पार्टीले यी कार्यक्रमहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।





प्रतिक्रिया दिनुहोस्