Skip to content

बालेन शाहलाई दल नेता छान्न आज रास्वपा केन्द्रीय समिति बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ । बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले चुनाव अगावै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेको थियो  । संसद सचिवालयले नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ बिहीबार २ः०० तय गरेको छ। लगत्तै रास्वपाको केन्द्रीय समिति बसेर विधानको व्यवस्थाबारे छलफल गर्न लागेको हो । रास्वपाको मौजुदा विधानको धारा ६६ (८) को क र खमा संघीय संसदको दल नेता चयनसम्बन्धी व्यवस्था छ ।

विधानमा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनको लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरूबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुने र निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था छ । यसलाई परिमार्जन गरेर वरिष्ठ नेतालाई दल नेता प्रस्ताव गर्ने कार्यसूची रहेको रास्वपाका नेताहरूले बताएका छन् । हालै भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिक मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्