काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो ।
जिम्मेवारीमा खटाइएका अधिकांश विभिन्न मन्त्रालयमा कार्यरत थिए । नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन् । यसअघि विभिन्न जिल्लामा समन्वय समिति र नगरपालिकाहरुमा ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।





प्रतिक्रिया दिनुहोस्