Skip to content

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद नथप्न परमादेश

काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । तर अब उनीहरुको म्याद नथप्न परमादेश जारी भएको छ । न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो । सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन । ५ दिनभित्र मुद्दा बुझाउनुपर्ने हुन्छ । अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा छोड्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्