काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको स्रोतले बतायो । स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उहाँहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् ।





प्रतिक्रिया दिनुहोस्