काठमाडौं – विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड Titan को नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ । नेपालमा टाइटनको आधिकारिक वितरक Nepal Trade Network Pvt. Ltd. (एनटीएन) ले आयोजना गरेको कार्यक्रममा टाइटन कम्पनीको अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलनमार्फत गरिएको थियो । कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समारोहमा नेपालमा टाइटनको दुई दशकभन्दा लामो यात्राको समीक्षा गर्दै आगामी रणनीति तथा विस्तार योजनाबारे जानकारी गराइएको थियो ।समारोहलाई सम्बोधन गर्दै श्री सिन्हाले नेपालमा टाइटनप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढिरहेको उल्लेख गरे । भारतपछि नेपाल टाइटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको भन्दै उनले ग्राहक, डिलर तथा एनटीएन परिवारप्रति आभार व्यक्त गरे ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा बलिउड अभिनेत्री आलिया भट्ट लाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको थियो । कम्पनीका अनुसार आलियाको आधुनिक छवि, विश्वव्यापी लोकप्रियता तथा युवा पुस्तामाझको प्रभावले नेपालमा ब्रान्डको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । २२औँ वार्षिकोत्सवको अवसरमा असार महिनाभर टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुट उपलब्ध गराइने घोषणा समेत गरिएको छ । कम्पनीले यो योजना ग्राहकप्रतिको कृतज्ञता र ब्रान्डप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने उद्देश्यले ल्याएको जनाएको छ । समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरलाई सम्मान गरिएको थियो । साथै हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्रान्ड आउटलेटका इन्चार्जहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा हालै ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको Made In India: A Titan Story बारे पनि जानकारी दिइएको थियो । उक्त शृङ्खलाले टाइटनको स्थापना, नवप्रवर्तन, चुनौती र सफलताको यात्रा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । एनटीएनका प्रबन्ध निर्देशक सुनील कुमार अग्रवाल ले सन् २०२६ भित्र नेपालका विभिन्न स्थानमा थप तीन नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए । ग्राहक अनुभव र बिक्रीपछिको सेवालाई अझ प्रभावकारी बनाउँदै देशभर टाइटनको पहुँच विस्तार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । हाल नेपालमा दुर्बारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही र पोखरासहित १० वटा टाइटन आउटलेट सञ्चालनमा रहेका छन् । सन् २००४ देखि नेपालमा यात्रा सुरु गरेको टाइटनले घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादन क्षेत्रमा आफूलाई भरोसायोग्य ब्रान्डका रूपमा स्थापित गर्दै आएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्