काठमाडौं – नेपाल बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीले भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन् । नेपाल बैंक र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच भएको सम्झौताअनुसार बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा २०८३ जेठ २९ गते बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले तथा अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्मा ले हस्ताक्षर गरेका हुन् । बैंकका अनुसार यस सम्झौताले ग्राहक तथा कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र उपचारमा थप सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ग्राहक केन्द्रित सेवा, आधुनिक बैंकिङ प्रविधि र गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्