Skip to content

अमेरिकाको क्यालिफोर्नियामा बी– ५२ बम्बर विमान दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियास्थित एडवर्ड्स एयरफोर्स बेसमा बी– ५२ बम्बर विमान दुर्घटना भएको छ । अमेरिकी वायुसेनाका अनुसार दुर्घटनाको समयमा विमानमा रहेका सबै आठ जनाको मृत्यु भएको छ । अमेरिकी वायुसेनाका अनुसार विमान नियमित परीक्षण उडानका क्रममा दुर्घटनामा परेको हो । सो विमान स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे टेकअफलगत्तै खसेर आगो लागेको थियो । दुर्घटनामा परेर वायुसेनाका जवान र विमान परीक्षणमा आएमा विशेषज्ञको मृत्यु भएको छ । यद्यपि, अहिलेसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । विमानको कन्ट्रोल सिस्टम, इन्जिन वा परीक्षणमा रहेका कुनै उपकरणमा खराबी आएको हुनसक्ने अनुमान गरिएको छ । अधिकारीहरूले यो विमानमा हतियार थिए वा थिएनन् भन्ने केही बताएका छैनन् । दुर्घटनापछि एयरफिल्ड बन्द गरिएको थियो भने त्यहाँ आउने अरु विमानलाई अन्य एयरबेसमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्