काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएका छन् । जेठ २८ गते इमेलमार्फत विभागलाई पत्राचार गर्दै देउवा दम्पतीले आफूहरू अनुसन्धानमा कानुनसम्मत रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् । स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेको उल्लेख गर्दै उनीहरूले आफूहरू देश छाडेर भागेको वा अनुसन्धानबाट पन्छिएको भन्ने भाष्य नबनाउन आग्रह गरेका छन् ।
इमेलमा उनीहरूले सर्वोच्च अदालतबाट आफूहरूमाथि धरपकड नगर्न अन्तरिम आदेश भइसकेको स्मरण गराउँदै कुनै ठोस प्रमाणबिना रेड कर्नर नोटिस जारी गर्ने विषय उठाइएको जानकारी पनि दिएका छन् । देउवा दम्पतीले आफूहरूविरुद्ध भएका छानबिनबाट कुनै बहुमूल्य वस्तु वा गैरकानुनी सम्पत्ति फेला नपरेको दाबी गर्दै पारदर्शी अनुसन्धानमार्फत निर्दोषिता पुष्टि गर्न चाहेको बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्