फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा क्रोएसियाविरुद्ध पोर्चुगल विजयी भएको छ । शुक्रबार बिहान भएको खेलमा क्रोएसियालाई २-१ गोल अन्तरले पराजित गरेर पोर्चुगल विजयी भएको हो । जितसँगै पोर्चुगल प्रि-क्वार्टरफाइनलमा पुगेको छ ।
खेलको ५३औँ मिनेटमा इभान पेरिसिकको गोलमार्फत क्रोएसियाले अग्रता कायम गरेको थियो । यद्यपि, ६८औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ९४औँ मिनेटमा पोर्चुगलका गोन्कालो रामोसले गोल गरे । खेलको इन्जुरी समयमा क्रोएसियाले गोल गरे पनि मान्यता पाएन । त्यसपछि खेल रोमाञ्चक बनेको थियो । त्यसपछि कुनै गोल हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्