Skip to content

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान, पाँचौ मुख्यमन्त्री बन्दै भट्ट

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।

विश्वासको मत पाउने आधार नदेखेपछि कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट बिहीबार राजीनामा दिएका थिए । प्रदेशमा अब एमालेको साझेदारीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार बन्नेछ । नेकपा संसदीय दलका नेता खगराज भट्टलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । भट्ट डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्