Skip to content

लेकम-६ सिरोडाका २७ वर्षीय एक युवा भारतको बनबासा क्षेत्रमा रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता

कञ्चनपुर – दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय एक युवा भारतको बनबासा क्षेत्रमा रहेको पुलबाट महाकाली नदीमा हाम फालेपछि बेपत्ता भएका छन् । शुक्रबार पुलबाट महाकाली नदीमा हाम फालेपछि उनी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको जानकारी पाएपछि भारतीय सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्