काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । विशेष महाधिवेशनका उपसभापति शर्माले १५ औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन् । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो ।
यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्