Skip to content

गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।

डा. रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् । कांग्रेस फेरि कांग्रेस बनोस् भन्ने आफ्नै एउटै आकांक्षा रहेको उनले सुनाए । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त गर्ने विश्वास व्यक्त गर्दै डा. रिजालले गगनको यात्रामा साथ दिने वचन दिए । थापासँगको भेटमा रिजालले भनेका छन्, ‘आकांक्षा एउटै छ कांग्रेस फेरि कांग्रेस बनोस् । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त होस् । त्यो काममा तिमी (गगन) लाई सहयोग गर्छु । तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्ने अर्थ छैन । त्यसकारण पद खोजिरहने त्यो यात्रा टुंगियो । मैले चाहिँ त्यसलाई औपचारिक रूपमा आफ्नो नाम पद फिर्ता लिने छु । ‘

आज उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्