Skip to content

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि कस–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ । जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार विभिन्न पदहरूमा दर्ता भएका उम्मेदवारीहरूको सूची सार्वजनिक गरिएको हो। सूचना अनुसार, सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्‌गी गरी ३ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, वरिष्ठ उपसभापति (१ पद) का लागि विश्व प्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा कुनै दाबी विरोध वा आपत्ति रहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्