Skip to content

कांग्रेस सभापति पदबाट राठौरले फिर्ता लिए उम्मेदवारी

काठमाडौं – किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन् । जारी १५औं महाधिवेशनमा सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी फिर्ता लिएसँगै राठौरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताए। सभापति थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्