दिलबहादुर केसी
दाेलखा/ पूर्व शिक्षक तथा द्वाल्खाका जिउँदा इतिहासकार तीर्थनारायण जोशीलाई नेकपा एमाले दोलखाले घरमै पुगेर सम्मान गरेको छ ।
जोशी प्राणघातक रोगबाट ग्रसित भएको समाचार आजको दैनिक अनलाइनमा प्रकाशित भए लगत्तै एमाले अध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव सोयमबहादुर खड्का, उपसचिव हरि ओली, नेता लालकुमार केसी सहित दोलखाका स्थानीय नेताहरुको उपस्थितिमा उहाँलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेकाे हाे । जोशी घाँटीको क्यान्सरका कारण ६ महिनादेखि थलामा परेका छन् । जोशीलाई खाना समेत पाइपको माध्यमबाट खुवाउनु पर्छ ।

जोशी २०३६ सालदेखि विद्यार्थी आन्दोलनदेखि नै तत्कालिन नेकपा मालेमा सक्रिय थिए । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा तत्कालिन नेकपा मालेका भूमिगत नेताहरुलाई सेल्टर दिने र तिलिञ्चो परिवार नामक सामाजिक संस्थामार्फत मालेको संगठन विस्तारमा जोशीको महत्वपूर्ण भूमिका छ । तत्कालिन दोलखा गाविसमा कम्युनिष्ट संगठन विस्तार, प्रशिक्षण लगायतको काममा जोशीको भूमिका महत्वपूर्ण रहेकोले जोशीलाई सम्मान गरेको नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । जाेशीले शिक्षकको जागिरे जीवनमा समेत पार्टी संगठनमै ध्यान दिएको र भीमेश्वर नगर कमिटीको नेतृत्व समेत गरेका थिए ।
															
															
															
															
															
															
															
															
															
															
															
															
															
															
			
			

प्रतिक्रिया दिनुहोस्