Skip to content

अमेरिकाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। दुबईको आइसिसी एकेडेमीमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो। खेल सवा ११ बजेदेखि सुरू हुनेछ। जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ। पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा घरेलु टोली युएईसँग पराजित भएको थियो। अमेरिकासँग आजको खेल दोस्रो हो। अब युएईसँग नोभेम्बर ५ मा खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ। आजको खेलमा सोमपाल कामी बेन्चमा बसेका छन्। उनको स्थानमा नन्दन यादवलाई खेलाइएको छ। टोलीमा रोहित पौडैल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सन्दीप लामिछाने, कुशल भूर्तेल, भीम सार्की, गुल्सन झा, आरिफ शेख, नन्दन यादव, करण केसी र ललित राजवंशी छन्।

प्रतिक्रिया दिनुहोस्